कारोबार


निजी क्षेत्रबाटै ४२ जना प्रतिनिधि प्रधानमन्त्रीसँग भारत भ्रमणमा

निजी क्षेत्रबाटै ४२ जना प्रतिनिधि प्रधानमन्त्रीसँग भारत भ्रमणमा

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १३:२७, काठमाडौँ

प्रधानमन्त्रीहित जम्बो टोली भारत भ्रमणमा निस्किएको छ। बुधबारदेखि ४ दिनसम्म उक्त टोली भारत भ्रमणमा रहने छ। 

करिब ८८ जनाको यो टोलीमा ४२ जना निजी क्षेत्रका प्रतिनिधिहरु छन्। निजी क्षेत्रको टोलीले लगानी आदान प्रदानका विषयमा छलफल गर्ने बताइएको छ।

नेपाल-भारत निजी क्षेत्रका छाता संस्थाहरुबीच आपसी छलफल र सहकार्यको विषयमा पनि कुरा हुँदै छ। 

 निजी क्षेत्रको नेतृत्व नेपाल उद्योग वणिज्य महासंघका अधयक्ष चन्द्रप्रसाद ढकालले गरेका छन्। साथमा उद्योग वणिज्य महासंघका वरिष्ठ उपाधयक्ष अन्जन श्रेष्ठ समेत छन्। 

निजी क्षेत्रबाट मनोज पौडेल,  गोकर्णराज अवस्थी,  कृति खतिवडा, राजकुमार गोल्छा, टीकाराम जोशी, खिमनारायण पराजुली, यज्ञप्रसाद पन्त, रामजीप्रसाद पन्त, तुल्सीराम भण्डारी , उपेन्द्र चौधरी, तेजप्रसाद रेग्मी, डा. रामशरण थपलिया, भक्तबहादुर हमाल, प्रकाश साउद, ध्रुव थापा, कुनाल कयल, उत्तम ब्लोन, जम्शेर मियान, पुष्पराज कुँवर, शोभा ज्ञवाली, रमेश शर्मा, लोक जंग लामा , शिवराज दुवाडी रहेका छन्। 

त्यस्तै हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, हेमराज ढकाल, अशोककुमार अग्रवाल, उमेश प्रसाद सिंह, विष्णुकुमार अग्रवाल, गोकुल भण्डारी,  हरिभुक्त शर्मा, दीपक राज जोशी, शतिश कुमार मोर, राजेश कुमार अग्रवाल, प्रकाश मुण्दरा,  गिता पौडेल, चन्द्र टण्डन,  दिवेश श्रेष्ठ, सुनिल केसी र जुना माथेमा भ्रमण टोलीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .