ad ad

कारोबार


टीभीएसको ‘च्याम्पियन अफ टेक्नोलोजी अफर’ जेठ १७ सम्म

टीभीएसको ‘च्याम्पियन अफ टेक्नोलोजी अफर’ जेठ १७ सम्म

नेपालखबर
जेठ १५, २०८० सोमबार १३:३२, काठमाडौँ

नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिन मात्र बाँकी रहेको छ।

नयाँ वर्ष २०८० को अवसर अन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा रु ८००० को स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७००० स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा रु ५००० मूल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ।

त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफर मार्फत प्रयोगकर्तालाई उपलब्ध छ। सिमित अवधिका लागि लागू भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अब तीन दिनपछि अन्त्य हुने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको कम्पनीको दाबी छ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .