बाल चित्रकथा ‘राक्षस तर्साउने केटाहरू’ कथालयले सार्वजनिक गरेको छ। जेना बाउरले लेखेको यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन्।
पुस्तकको नेपाली अनुवादक भिक्टर प्रधान हुन्। भिक्टर प्रधान विगत २० बर्षदेखि नेपाली बालसाहित्यको क्षेत्रमा कार्यरत छन्।
यो चित्रकथा दुई साथी ओट्टो लोकस र फिलिप राबिटीबीचको रमाइलो कुराकानीमा आधारित छ। आफ्नो कोठामा राक्षस लुकिरहेको फिलिपले सुनाएपछि ओट्टोले ‘केही हुँदैन’ भनेर सान्त्वना दिन्छ र दुवै फिलिपको कोठामा जान्छन्।
के उनले राक्षसलाई पत्ता लगाउलान्? त्यहाँ राक्षस नै थियो कि अरू कुनै जीवजन्तु? चित्रकथाको अन्त्यले हाम्रो धारणा नै बदल्छ। र, हरेक राक्षसको केही न केही कमजोरी हुने भएकाले निडर भएर अघि बढ्न पनि सन्देश दिन्छ।
60
Shares
प्रतिक्रिया