कारोबार


कालो धन आर्जन सम्बन्धी निगरानी भैरहँदा ५ सय वटा नयाँ उजुरी

कालो धन आर्जन सम्बन्धी निगरानी भैरहँदा ५ सय वटा नयाँ उजुरी

नेपालखबर
जेठ १४, २०८० आइतबार १६:१, काठमाडौँ

सम्पत्ति शुद्धीकरण निवारण र राजस्व चुहावट अर्थात् कालो धन सम्बन्धी निगरानी भैरहँदा थप करिब ५ सय वटा नयाँ उजुरी आएको छ।

एसिया प्यासिफिक समूह  र फाइनान्सय एक्सन टाक्स फोर्सको  मापदण्डअनुसार वित्तीय अपराध र गैरकानूनी कारोबारको निगरानी मार्फत वित्तीय सुशासन कायम गर्ने सिलसिलामा पारस्परिक मूल्यांकनको कार्य भइरहेको छ।

यस्तो अवस्थामा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी ४८९ उजुरी दर्ता भएको छ।  

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार परेका उजुरीमध्ये ५१ उजुरी आवश्यक कारबाहीका लागि सबन्धित निकायमा पठाइएको छ।

साथै, यस अवधिमा ५ अर्ब ३४ करोड ८८ लाख बिगो कायम गरी विशेष अदालतमा ८ मुद्दा दायर भएको छ।

राजस्व अनुसन्धान विभागबाट आर्थिक वर्ष २०७९/८० को फागुनसम्म राजस्व चुहावट सम्बन्धी ५९४ उजुरी दर्ता भएकोमा २१ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरी ९८ करोड ४० लाख बराबरको बिगो कायम गरी मुद्दा दायर भएको छ।  

जसमा विदेशी मुद्रा अपचलनतर्फ यस अवधिमा १०६ उजुरी दर्ता भएकोमा १७ उजुरी उपर विस्तृत अनुसन्धान भई रू. ६ करोड ९५ लाख बिगो कायम गरी मुद्दा दायर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .