ad ad

कारोबार


सिँचाइमा राष्ट्रिय गौरवका आयोजना : एक वर्षमा एक प्रतिशत प्रगति

सिँचाइमा राष्ट्रिय गौरवका आयोजना : एक वर्षमा एक प्रतिशत प्रगति

नेपालखबर
जेठ १४, २०८० आइतबार १६:१५, काठमाडौँ

लामो समयदेखि बजेट मात्रै विनियोजन हुने खर्च नहुने अवस्थासँग गुज्रिएको ६ वटा ठूला सिँचाइ आयोजनाले यो वर्ष पनि भौतिक प्रगति गर्न सकेका छैनन्।

अलमलिएर वर्षौं गुजारिसकेका यी आयोजनाले यो वर्ष पनि औषतमा एक प्रतिशतको मात्रै भौतिक प्रगति गरेका हुन्।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा बबई सिंचाइ आयोजना, महाकालि सिँचाइ आयोजना, भेरि बबई डाइभर्सन र रानी जमरा कुलेरिया सिँचाइ आयोजनाले औषतमा एक प्रतिशतमात्रै भौतिक प्रगति गरेको उल्लेख गरेको हो।

जसमा बबई सिँचाइ आयोजनाले यो वर्ष सबैभन्दा कम प्रगति गरेको हो। यो वर्षमात्रै आयोजनाले भौतिक तर्फ ०.८१ प्रतिशत मात्रै प्रगति गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा सक्ने लक्ष्य सहित २०४५/४६ सालमै शुरु भएको यो आयोजनालाई पछि सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको थियो।

गौरवको रुपमा आयोजना अघि बढाएपनि सकिने अवधि तीन वर्षमात्रै बाँकी हुँदा आयोजनाले हालसम्म ६३.०४ प्रतिशतमात्रै भौतिक प्रगति गरेको हो। जबकी गत वर्षनै आयोजनाको यस्तो प्रगति ६२.२३ प्रतिशत थियो।

यस्तै महाकाली सिँचाइ आयोजन (तेस्रोचरण) ले पनि यस वर्ष अपेक्षित भन्दा निकै न्यून मात्रै भौतिक प्रगति गरेको छ। यो आयोजनाले चालु आर्थिक वर्षको फागुनसम्म १.७८ प्रतिशतको मात्रै प्रगति गरेको हो। गत २०७९ असारसम्म भौतिक उपब्धी १५.७३ प्रतिशत गरेको आयोजनाले चालु वर्षको फागुनसम्म १७.५१ प्रतिशतमात्रै प्रगति गर्न सकेको हो।

त्यसो त आर्थिक वर्ष २०८४/८५ मा नै सम्पन्न गर्ने लक्ष्य राखेको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाले पनि यो वर्ष अपेक्षित उपलब्धी हात पार्न सकेको छैन। यो आयोजनाले गत वर्षको असारसम्म ५७.० प्रतिशत प्रगति गरेकोमा चालु वर्षको फागुनसम्म ५९.५ प्रतिशतमात्रै भौतिक प्रगति गरेको हो। यो भनेको जम्मा २.५ प्रतिशतको प्रगति हो।

आगामी आर्थिक वर्ष भित्रै सक्ने लक्ष्यका साथ शुरुभएको रानी जमरा कुलेरिया सिँचाइ आयोजना भने ५८.५ प्रतिशतले सकिएको छ। यो वर्ष आयोजनाले पावर हाउस निर्माण कार्य ९३.० प्रतिशत सम्पन्न गरेको छ भने १४.६५ किलोमिटरको नहर निर्माण गरेको छ।

सिक्टा सिँचाई आयोजना प्रगति भने ३८.८२ प्रतिशतमा रहेको छ। यो वर्ष आयोजनाले पश्चि मुल नहर,शाखा नहर, डुण्डुवा नहर निर्माण सम्पन्न गरेको हो। यो आयोजना अन्र्तगत १८ हजार हेक्टर जमिनमा सिँचाइ पुगिसकेको छ।

औषतमा १ प्रतिशतको भौतिक प्रगति गरेका अधिकांश सिँचाइ आयोजना भन्दा सुनकोशी मरिन डाइभर्सन बहुउदेश्ययि आयोजनाले भने केहि राम्रो प्रगति गरेको छ।

यो आयोजनाले चालु वर्षको फागुनसम्ममा ७.४ प्रतिशतको भौतिक प्रगति गरेको हो। आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजनाको १५ प्रतिशत भौतिक प्रगति भएको छ। गत बर्ष असारमा यस्तो प्रगति ७.६ प्रतिशत थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .