इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले ल्याएको जाडो सम्बन्धित घरायसी वस्तुको माग बढेको छ। कम्पनीका अनुसार जाडोलाई लक्षित गरी बजारमा ल्याइएका नयाँ घरायसी सामग्रीहरुको माग उच्च भएको छ।
कम्पनीका डिलरहरुले सीजीका सामानहरु सोचेभन्दा पनि बढी बिक्री भएको बताएका हुन्। यसअन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका थिए।
रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले तपाईको कोठालाई एकदमै न्यानो पार्ने गर्दछ। जाडोमा पनि सहजै सँग नुहाउन सकिने बनाउन सीजीले तपाईको बजेटलाई ध्यानमा राखि ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ।
त्यसैगरी केही समयमा नै कुनै झन्झठविना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन्। तातिएका पानिलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ।
Shares

प्रतिक्रिया