इंग–वेनले आम निर्वाचनमा ५७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको बीबीसीले जनाएको छ। उनले ऐतिहासिक ८२ लाख मत प्राप्त गरिन्।
इंग–वेनको जित निकै विश्व राजनीतिमा निकै महत्वपूर्ण मानिएको छ किनभने उनले चीनको विरोध गर्दै आएकी छिन्।
जितपछि पत्रकार सम्मेलनमा उनले भनिन्,‘ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतालाई कसरी व्यक्त गर्छ भन्ने विश्वलाई देखाएको छ।’
इंग–वेन दोस्रोपटक राष्ट्रपति बनेपछि अमेरिकाले उनलाई बधाई ज्ञापन गर्दै खुशी व्यक्त गरेको छ।
अमेरिकी विदेशमन्त्रालयले भनेको छ,‘साइको दोस्रो कार्यकालमा ताइवान र अमेरिकाको सम्बन्ध थप मजबुत हुनेछ। हामी लोकतन्त्र, अर्थव्यवस्था र त्यहाँको नागरिकको खुशीको लागि सँगै मिलेर काम गर्छौं।’
इंग–वेनले यसै महिना आफूले चीनको ‘एक देश दुई प्रणाली’को सिद्धान्तलाई नमान्ने बताएकी थिइन्।
ताइवाले चीनको सिद्धान्त आफ्नो देशमा बेकामको भएको बताउँदै सिद्धान्तलाई मान्ने कुनै सम्भावना नभएको बताएको छ।
ताइवानको चुनावी अभियानमा ‘चीनको त्रास’ सबैभन्दा ठूलो मुद्दा थियो। चीन प्रशासित हङकङमा महिनौंयता जारी आन्दोलनका कारण ताइवानमा चीनको त्रासको मुद्दा धेरै उठेको थियो।
आफ्नो चुनवाी अभियानमा राष्ट्रपतिमा निर्वाचिन साइले भनेकी थिइन्,‘हङकङका नागरिकले हामीलाई यो सन्देश दिएका छन् कि ‘एक देश, दुई प्रणाली’को सिद्धान्त काम नलाग्ने भएको छ।’
सन् १९४९ को गृहयुद्धपछि चीनले ताइवान आफ्नो भएको दाबी गर्दै आएको छ। ताइवान भने आफू स्वतन्त्र र सार्वभौम मूलुक भएको बताउँछ। ताइवान चीनमा विलय हुनुपर्छ भन्ने धारणा राख्छ जुन ताइवान स्वीकार गर्दैन।
चीनले जुन देशले ताइवानलाई स्वतन्त्र देशको रुपमा स्वीकार गर्छ त्यस देशसँग कुटनीतिक सम्बन्ध गाँस्दैन। चुनाव जितेपछि साइले चीनले ताइवानलाई दिने धम्की बन्द हुनुपर्ने बताएकी छिन्। बीबीसी

प्रतिक्रिया