ad ad

कारोबार


नेपालकाे प्रचार गर्ने तीन विदेशी सुन्दरी

नेपालकाे प्रचार गर्ने तीन विदेशी सुन्दरी

बसन्त अर्याल
पुस २४, २०७६ बिहिबार ११:५३,

नेपालले जनवरी १ (पुस १६) मा दशरथ रंगशालाबाट भ्रमण वर्ष २०२० को उद्घाटन गर्यो। जहाँ चार देशका मन्त्रीहरुको समेत सहभागिता रहेको थियो। नेपालले पर्यटकको सुरक्षा ‘ग्यारेन्टी’ गर्दै नेपाल भ्रमण गर्न आह्वान गर्यो।

त्यस्तै गत म‌गलबार (जनवरी ७) मा नेपालका कूटनीतिक नियोगमा नेपाल भ्रमण वर्षको शुभारम्भ गरियो। भ्रमण वर्षलाई प्रभावकारी बनाउनको लागि कूटनीतिक नियोगले विभिन्न सेलिब्रेटी तथा प्रशासकलाई आमन्त्रण गरेका थिए।

नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न विदेशमा गरिएका कार्यक्रममा सहभागी हुँदै तीन चर्चित सुन्दरीहरूले नेपाल घुम्न अरूलाई सुझाएका थिए। ती तीन सुन्दरीहरू चीन, अस्ट्रेलिया र अरबका हुन्। 

सरकारले याे वर्ष नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाे छ। 

चिनियाँ अभिनेत्री स्वि छिङ
नेपाली दूतावासले चीनको बेइजिङमा गरेको कार्यक्रममा नेपाल पुगिसकेका चिनियाँ कलाकारहरू, पर्यटन व्यवसायीहरू, एयरलाइन्स, पर्वतारोहीलगायतको सहभागितामा कार्यक्रम भएको थियो।

swi swi

यसमा मुख्य आकर्षण थिइन् स्वी छिङ। उनी नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सद्भावना दूत हुन्। नेपाल सरकारले अक्टोबरमा नेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाई सद्भावना दूत घोषणा गरेको थियो।

सद्भावना दूत घोषणा भएलगत्तै उनी पोखरा आएर घुमेकी थिइन्। पोखरामा उनले फेवातालमा नौकाविहार र प्याराग्लाइडिङमा रमाएकी थिइन्। अन्नपूर्ण आधारशिविर र मर्दी हिमालको यात्रा गरेकी थिइन्।

उनी दोस्रो पटक डिसेम्बर ६ मा नेपाल आएकी थिइन्। दोस्रो पटकको भ्रमणमा स्वि छिङ बर्दिया, लुम्बिनी, काठमाडौं र भक्तपुर घुमेकी थिइन्। उनीसहित आएको टोलीले नेपालको प्रवर्द्धन गर्ने सामग्री निर्माण गरी चिनियाँ सामाजिक सञ्जालमार्फत प्रचार गर्दै आएकी छिन्।

५० वर्षीया स्वी छिङ चीनकी प्रख्यात सेलिब्रेटी हुन्। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा ‘फलो’ गर्नेहरुबीच उनलाई ‘समर क्विन’ र ‘हन्ड्रेड फ्लावर्स (सयवटा फूलभन्दा पनि सुन्दर) व्यक्तिको उपमाबाट बढि चर्चित छन्।

अस्ट्रेलियन सुन्दरी पेम्बरटन
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योेगेश भट्टराईको उपस्थितिमा क्यानबेरास्थित नेपाली दूतावास तथा एनआरएनएको संयुक्त आयोजना भ्रमण वर्षको कार्यक्रम भएको थियो।

pemberton

अष्ट्रेलिया न्यु साउथ वेल्सको संसदबाट शुभारम्भ भएको कार्यक्रमा क्यारोलिन पेम्बरटन आकर्षण थिइन्। उनी सन् २००७ की मिस अस्ट्रेलिया हुन्। उनको सबैभन्दा असामान्य र अत्यन्तै रोमाञ्चक विश्व घुमाइ स्मरणमध्ये सगरमाथामा गरिएको आइस–क्लाइम्बिङ प्रमुख हो।

अस्ट्रेलियन टिभी प्रस्तोता समेत रहेकी क्यारोलिन पेम्बरटन सामाजिक काम गर्न मन पराउँछिन्। उनलाई युनिसेफले गुडविल एम्बेसडर नियुक्त समेत गरेको थियो। महिलाहरु खेलकुद र एडभेन्चर्स काम गर्नुपर्ने भन्दै ‘मिस एडभेन्चर’ मुभमेन्ट सञ्चालन गर्दै आएकी छन् । उनी प्याराग्लाइडिङ, बक्सिङ, माउन्टेन बाइकिङ, स्किङ जस्ता खेलमा रुचि राख्छिन्।

सगरमाथा चढ्ने पहिलो अरेबियन फातिमा
सगरमाथाको सफल आरोहण गरेकी पहिलो अरेबियन महिला फतिमा डेरयानले जीवनकालमा एक पटक नेपाल घुम्नुपर्ने बताएकी छन्।

नेपाली दूतावास आबुधावीले गरेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा फातिमाले यस्तो बताएकी हुन्। उनको जन्म कुवेतमा भएको थियो। दुई वर्षको हुँदा उनको परिवार लेबनानमा गयो। फेरि नौ वर्षको हुँदा दुवईमा सर्यो। अहिले उनी दुवईमा बसोबास गर्दै आएकी छिन्।

fatima arabian

उनी सगरमाथा आरोहण गर्नुअघि पाँचपटक नेपाल आइसकेकी थिइन्। दुईपटक त उनले हेलिकप्टरबाट सगरमाथा अवलोकन गरिन्। हेलिकप्टरबाट अवलोकन गर्दा उनले एक दिन सगरमाथा आरोहण गर्छु भन्ने दृढता व्यक्त गरेकी थिइन्। गत वसन्त ऋतुमा उनी सगरमाथा आरोहण गरी आफ्नो सपना पूरा गरिन्।

फतिमाले सगरमाथा चढेको दिन आफूले आफ्नो जीवनकै महत्वपूर्ण क्षण भएको अनुभव साे कार्यक्रममा सुनाइन्। उनले नेपालीको मन सगरमाथाजस्तै ऊँचो भएकाले पनि नेपाल घुम्न विदेशी समुदायलाई आग्रह गरेकी छिन्।

सगरमाथा चढ्ने बेला शेर्पा दाजुभाइले गरेको सहयोग सम्झिँदै कठिन यात्रामा नेपालीहरु कति सहयोगी हुन्छन् भन्ने कुरा त्यतिबेला आफूले बुझेको फतिमाले स्मरण गरिन् । उनको रुचि माउन्टेनरिङ, स्काई डाइभिङ, स्कुवा डाइभिङलगायतमा रहेको छ।

उनले अरबको महिला पनि साहसिक क्रियाकलापमा भाग लिन सक्छन् भन्ने सन्देश विश्वलाई दिन चाहेको बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .