ad ad

कारोबार


प्रिमियममा सेयर निष्काशन गर्नलागेको आईएमई लाइफको नाफा ७९ प्रतिशतले बढ्यो

प्रिमियममा सेयर निष्काशन गर्नलागेको आईएमई लाइफको नाफा ७९ प्रतिशतले बढ्यो

नेपालखबर
बैशाख २०, २०८० बुधबार १३:३४, काठमाडौँ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २२ प्रतिशतले बढी हो।
     
यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले बढी हो। 

कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड    रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको १ अर्ब ४० करोड चुक्ता पुँजी रहेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्ता पुँजी १०० प्रतिशतले बढी हो।

यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ८१ प्रतिशतले बढी हो। जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४३ प्रतिशतले बढी हो।

कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको ४ अर्ब ४१ करोड १९ लाख दिर्घकालिन लगानी तथा कर्जा रहेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८२ प्रतिशतले बढी हो।

यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७९ प्रतिशतले बढी हो।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .