ad ad

कारोबार


पर्यटकको बसाइ र खर्च बढाउन ठूला पूर्वाधारमा लगानी आवश्यक : ढकाल

पर्यटकको बसाइ र खर्च बढाउन ठूला पूर्वाधारमा लगानी आवश्यक : ढकाल

नेपालखबर
बैशाख १८, २०८० सोमबार १५:४३, काठमाडौँ

मौलाकाली केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताएका छन्।

सोमवार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले  साझेदारीको नीति अपनाउन आवश्यक रहेको बताए। उनले जति छिटो निजी क्षेत्रसँगको सहजीकरणको नीति लियो त्यति छिटो नै देशको विकास हुने दाबी गरे।

उनले नेपालमा संस्कृति, कला, प्राकृतिक सौन्दर्य र अलौकिक भूगोलको ज्ञानका लागि पर्यटक आउने भन्दै पर्यटक पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताए। उनले मुलुकमा पर्यटन पूर्वाधारको कमी भएको बताए।

अध्यक्ष ढकालले अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम भएको भन्दै प्रतिदिन घट्दो अवस्थामा रहेको पनि बताए।

उनले विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक रहेको भन्दै पर्यटकलाई आकर्षित गर्ने र उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘मुलुकमा पर्यटन पूर्वाधारको कमी छ। अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै  कम छ  र प्रतिदिन झन घट्दो छ। विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक छ।’

उनले नेपालमा प्रकृतिको अपार वरदान रहेको भन्दै पर्यटन बढाउन सक्ने असंख्य सम्भावना बताए। उनले सरकार र निजी क्षेत्रको भिजन र इच्छाशक्ति मिसाए र प्रविधि,पुँजी जोड्नसके पर्यटन बिस्तार गर्न समय नलाग्ने बताए।

उनले निजी क्षेत्रले विकास र परिवर्तनको मिराकल ल्याउन सक्षम रहेको भन्दै पटकपटक यसको पुष्टि गर्दै आएको बताए। उनले सरकारले नीतिमा निजी क्षेत्रसँगको साझेदारीको कुरा गरेपनि सहजीकरणका कुरा कागजी झमेलाले कम नभएको बताए।

उनले मौलाकाली केबलकार बनाउन पनि कागजी प्रक्रिया मिलाउन वर्षाैं लागेको भन्दै निर्माणको काम १३ महिना नै सकेर संरचना तयार पारिएको बताए।

उनले सरकारले वातावरण बनाए निजी क्षेत्रले ठूलो लगानी गर्नसक्ने बताए। उनले निजी क्षेत्रले ठूलो लगानी गरी विकास, रोगजारी र आर्थिक वृद्धिमा सरकारलाई योगदान गर्नसक्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .