आर्थिक वर्ष २०७९/०८० को चैतमा व्यापारघाटामा सुधार देखिएको छ।
आयात १८.०८ प्रतिशतले घट्दा व्यापार घाटामा सुधार देखिएको हो।
चैत मसान्तमा व्यापारघाटा १७.०६ प्रतिशतले घटेर १० खर्ब ८३ अर्ब सीमित भएको छ। गत वर्ष सोही अवधिमा व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो।
त्यसैगरी आयात १८.०८ प्रतिशतले घटेर १२ खर्ब १ अर्बमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा आयात १४ खर्ब ६६ अर्बको आयात भएको थियो।
साथै चैतसम्म निर्यात २६.३४ प्रतिशतले घटेर १ खर्ब १८ अर्बमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब ६० अर्बको भएको थियो।
आयात घटे पनि निर्यात सुधार नहुँदा वैदेशिक व्यापार समेत घटेको छ। चालू आवको ९ महिनामा १३ खर्ब १९ अर्बको वैदेशिक व्यापार नेपालले गरेको छ।
गत वर्ष सोही अवधिमा १६ खर्ब २७ अर्बको वैदेशिक व्यापार भएको थियो।
Shares
प्रतिक्रिया