ad ad

कारोबार


एनआईसी एशिया बैंकका संस्थापक अग्रवाल ‘सुप्रबल जनसेवाश्री’बाट विभूषित

एनआईसी एशिया बैंकका संस्थापक अग्रवाल ‘सुप्रबल जनसेवाश्री’बाट विभूषित

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १५:१७, काठमाडौँ

एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीशप्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट विभूषित भएका छन्।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजितसमारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो विभूषण प्रदान गरेका हुन्। 

संविधान दिवसका अवसरमा २०७९ असोज ३ गते सो विभूषण प्रदान गर्ने सरकारले घोषणा गरेको थियो।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिँदै एक सफल उद्योगी व्यवसायीको स्थापित भएका अग्रवालले कुशल व्यवसायिक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशीलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।

उनी हाल विशाल ग्रुपका अध्यक्ष हुन्। उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा. लि., कमला रोलिङ मिल्स प्रा.लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आएका छन्। 

साथै, उनले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पुर्याउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .