ad ad

राजनीति


कार्यकर्तालाई नेता खाणको निर्देशन : उपेन्द्र यादव कांग्रेसकै उम्मेदवार हुन्, खुलेर जिताउन लाग्नू

कार्यकर्तालाई नेता खाणको निर्देशन : उपेन्द्र यादव कांग्रेसकै उम्मेदवार हुन्, खुलेर जिताउन लाग्नू

चुनावी सभामा सम्बोधनका क्रममा कांग्रेस नेता बालकृष्ण खाण


नेपालखबर
बैशाख १, २०८० शुक्रबार १५:२२, बारा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरमा शुक्रबार स्थापना गरिएको संयुक्त चुनावी सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री खाणले यादवले पाँच दलीय गठबन्धनको प्रतिनिधित्व गरिरहेकाले उनी कांग्रेसको समेत उम्मेदवार भएको बताए।

उनले कांग्रेस बाराका नेता र कार्यकर्ताहरुलाई खुलेर यादवलाई जिताउन चुनावी अभियानलाई अझै तीव्र र आक्रमक बनाउन निर्देशन दिए।

‘उपेन्द्रजी जसपा पार्टीको मात्रै उम्मेदवार हुनुहुन्न। उहाँलाई पाँच दलीय गठबन्धनले उठाएको हो, उहाँ जति जसपाको उम्मेदवार हुनुहुन्छ उतिकै कांग्रेसको पनि उम्मेदवार हुनहुन्छ', उनले भने, 'उहाँलाई जिताउने सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताको कर्तव्य हो। कांग्रेसका सम्पूर्ण साथीहरुसँग म उपेन्द्रजीलाई जिताउन खुलेर लाग्न आग्रह गर्दछु।’

कार्यक्रममा बोल्दै बारा २ का उम्मेदवार यादवले बारा जिल्ला र समग्र मधेशको विकास र समृद्धि आफ्नो मूल चुनावी एजेण्डा भएको बताए। 

उनले निर्वाचनमा उम्मेदवारको पृष्ठभूमि र उसले गरेको कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे। 

भ्रम फिँजाएर मधेसका जनताबीच द्वन्द्व सृजना गर्नेबाट सावधान रहन आग्रह गर्दै उनले भने, ‘जातीयता, बाहिरिया भित्रिया जस्तो द्वन्द्व सृजना गर्ने विषय उठान गर्नेसँग सावधान रहन आवश्य छ।' 

लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले पनि उपेन्द्र यादव जस्तो नेता संसद्बाहिर रहनु संघीयताको लागि घातक भएको बताए  

पछिल्लो समय संघीयतालाई कमजोर पार्ने शक्तिहरु सक्रिय भइरहँदा यसको संरक्षणका लागि आवाज उठाउन पनि उपेन्द्र यादव जस्तो नेताको संसदमा उपस्थिति अपरिहार्य रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .