ad ad

कारोबार


१८ तले दमक भ्यू टावर : १ अर्ब लगानी भइसक्यो, प्रतिफलको ग्यारेन्टी छैन

१८ तले दमक भ्यू टावर : १ अर्ब लगानी भइसक्यो, प्रतिफलको ग्यारेन्टी छैन

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १५:०, काठमाडौँ

झापाको दमकमा निर्माणाधीन विशाल भ्यू टावरबारेमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को ६०औँ वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। 

झापाको दमक–३ स्थित टुकुरेमा बन्दै गरेको १८ तले भ्यू टावरलाई लिएर महालेखाले प्रश्न उठाएको हो। 

महालेखाले २०८० असार २७ गतेसम्मका लागि पहिलो पटक म्याद थपिएको उक्त १८ तले भ्यू टावरका लागि राज्यकोषबाट हालसम्म १ अर्ब ४ करोड ४९ लाख १६ हजार भुक्तानी भइसकेको जनाएको छ।

महालेखका अनुसार ५ बिघा जग्गमा बनिरहेको उक्त भ्यू टावर ७२ मिटर उचाइको १८ तले स्थायी संरचनाको रहेको जनाएको छ। 

त्यसपछि २८ मिटर उचाइको स्टिल संरचना रहेको अण्डरग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न भ्यू टावर निर्माणमा ठूलो रकम खर्च भएकोमा महालेखाले चिन्ता जनाएको छ। 

यो भ्यू टावर २०७८ पुस  २७ गतेभित्र बनाउने गरी २०७६ असार २७ गते सम्झौता  भएको थियो। त्यसबेल १ अर्ब ५६ करोड १४ लाख ३९ हजारको सम्झौता भएको थियो। 

तर पहिलो पटक तोकिएको समयमा नबनेपछि फेरि म्याद थपेर यही असारसम्मको समय दिइएको छ। 

महालेखका अनुसार उक्त निर्माण कार्यको दोस्रो भेरिएसनसम्म १० करोड २७ लाख ८१ हजार बजेट बढेर लागत १ अर्ब ६६ करोड ४२ लाख २० हजार कायम भएको छ। 

महालेखले यो वर्षसम्म १ अर्ब ४ करोड ४९ लाख १६ हजार रुपैयाँ राज्यकोषबाट भुक्तानी भइसकेको उल्लेख गरेको छ। 

अहिलेसम्म उक्त भ्यू टावरको भौतिक प्रगति ७० प्रतिशत तथा वित्तीय प्रगति ६३ प्रतिशत छ।

निर्माणको मुख्य कार्यमध्ये १६ औँ तल्लासम्मको सुपरस्ट्रक्चर कार्य सम्पन्न भइसकेको छ। अहिले १७ औं र १८ औं तल्लाको काम भइरहेको प्रतिवेदनमा उल्लेख छ। 

'भ्यू टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अहिलेसम्म अध्ययन भएको छैन,' महालेखाले भनेको छ, 'माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्दछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .