उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत जारी मतगणनामा वरिष्ठ उपाध्यक्षको एसोसिएटपछि वस्तुगततर्फको मत पनि गनिसकिएको छ।
महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उठेका छन्।
वस्तुगत सबै मत गणना हुँदा उमेशलाल श्रेष्ठले ६९, अन्जन श्रेष्ठले ४१ र रामचन्द्र संघाईले १३ मत ल्याएका छन्।
महासंघमा वरिष्ठ उपाध्यक्षका लागि वस्तुगतको मतभार २० प्रतिशत छ।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ।
अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।
- उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी
- उद्योग वाणिज्य महासंघको निर्वाचन– एसोसिएटतर्फ यी १९ जना सदस्यमा विजयी (सूचीसहित)
- वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी
- जिल्ला/नगरमा को–को विजयी? (सूची)
- जिल्ला/नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी
45
Shares
प्रतिक्रिया