ad ad

समाज


घर फर्किइन् ३९ दिनदेखि छोराछोरीसहित अस्पतालमा बन्धक मन्तोरिया

घर फर्किइन् ३९ दिनदेखि छोराछोरीसहित अस्पतालमा बन्धक मन्तोरिया

रासस
चैत ३०, २०७९ बिहिबार ११:२९, काठमाडौँ

जनकपुरधामको न्यूरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर घर फर्किन नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्केकी छिन्।

अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो।

नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार घर फर्काइएको बताए। नगरप्रमुख यादवले रु एक लाख सहयोग गरेका छन्। बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको उनले बताए।

सोमबार नगरप्रमुख यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिएका थिए। कार्यपालिकाको बैठकबाट उनलाई उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो । 

गत माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधामस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो।

अस्पतालले गत फागुन २० गते उनलाई डिस्चार्ज गरे पनि  उपचार खर्न तिर्न सक्दा घर फर्किन सकेकी थिइनन्। अस्पतालमा उपचारवापत रु आठ लाख ७४ हजार तिर्न बाँकी थियो। तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बनेकी थिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .