कारोबार


नयाँ वर्षमा दराजको ‘नयाँ वर्ष, नयाँ रहर’ अफर घोषणा

नयाँ वर्षमा दराजको ‘नयाँ वर्ष, नयाँ रहर’ अफर घोषणा

नेपालखबर
चैत २९, २०७९ बुधबार १३:४१, काठमाडौँ

अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान ‘नव वबर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’को औपचारिक रूपमा घोषणा गरेको छ। 

यो सँगै दराजले ‘किनौँ सबै दराज मै’ भन्ने मूल नाराका साथ आफ्नो प्लेटफर्ममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र बिक्रेतालाई एक आपसमा जोड्ने क्रमलाई जोड दिएको जनाएको छ। 

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको जानकारी गराएकी छिन्। तसर्थ, यसको लागि नेपाली नयाँ वर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको छ।

नेपाली नयाँ वर्ष अभियानले ‘किनौँ सबै दराज मै’ भन्ने सन्देश पनि ल्याएको छ। 

कम्पनीका अनुसार मेगा गिभ अवेमा १ लाख ९ हजार ९९९ बराबरको रियलमी जीटी२ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा रु ५ हजारसम्मको छुट र प्रि–पेमेन्टमा रु एक हजारसम्म छुट (बैंक कार्डमा लागू हुनेछ) अफरहरु सार्वजनिक गरेको छ।

ग्राहकले ग्लोबल आईएमई, एनआइसी एसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरुले प्रि–पेमेन्टमा २० प्रतिशत (रु १००० सम्म) छुट लिन सक्नेछन्।

त्यसैगरी, ग्राहकहरूले आईएमई पे मार्फत प्रिपेमेन्टमा १० प्रतिशत अधिकतम रु २०० र ईसेवा मार्फत १० प्रतिशत अधिकतम एक सय सम्मको छुट पाउन सक्नेछन्।

अफरहरूको फाइदा लिन दराज नेपालले आफ्ना ग्राहकहरुलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad