ad ad

अपराध


५५ लाख ठगी आरोपमा भिजन ड्रिमरी प्रालिकी सञ्चालक राई पक्राउ

५५ लाख ठगी आरोपमा भिजन ड्रिमरी प्रालिकी सञ्चालक राई पक्राउ

अभियुक्त जुनुकला राई


नेपालखबर
चैत २९, २०७९ बुधबार १३:४३, काठमाडौँ

ठगी आरोपमा काठमाडौँ महानगरपालिका–१७, चाबहिल, गंगाहिटीस्थित भिजन ड्रिमरी प्रालिकी सञ्चालक जुनुकला राईलाई प्रहरीले पक्राउ गरेको छ। प्रालिका नाममा विभिन्न प्रलोभन देखाई सञ्चालक राईले ५० जनाबाट ५५ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको अभियोग छ। 

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भएका ३५ वर्षिया राईले ३६ जनाबाट ३८ लाख १९ हजार ४ सय रुपैयाँ र १४ पीडितबाट १७ लाख ३ हजार ४ सय रुपैयाँ ठगी गरेको उजुरी  परेको छ। उनीविरुद्ध ठगीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई प्रहरी वृत्त (गौशाला) ले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

नेपाली कला र सीपका विभिन्न प्रकारका सामान उत्पादन तथा बिक्री/वितरण गर्ने/गराउनेसम्बन्धी स्वीकृति लिई‌ राईले १६-२५ वर्ष उमेर समूहका युवक–युवतीलाई आकर्षक आम्दानी, विभिन्न योजना, वैदेशिक भ्रमणलगायत प्रलोभन देखाई न्यूनतम ११ हजार ३ सयदेखि अधिकतम ५ लाख रुपैयाँसम्म शुल्क लिई कम्पनीको सदस्यता लिन लगाएको पाइएको छ। 

यसरी सदस्य बनेकाहरूले कम्तीमा ४ जना सदस्य बनाउन सके लगानी रकम फिर्ता हुने, बनाउन नसके कम्पनीबाट उत्पादित पोसाक, जुत्ता, हस्तकलाका सामग्री बजारमूल्य भन्दा अत्यधिक दरमा बिक्री गराउनुपर्ने सर्त राखिएको थियो। सोबमोजिम काम पूरा गर्न नसके लगानी फिर्ता नहुने नियम बनाएको पाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .