ad ad

कारोबार


निकुञ्ज तथा आरक्ष भित्र होटल, रेस्टुरेन्ट सञ्चालन गर्न बाटो खोलिँदै

निकुञ्ज तथा आरक्ष भित्र होटल, रेस्टुरेन्ट सञ्चालन गर्न बाटो खोलिँदै

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ११:९,

राष्ट्रिय वन्यजन्तु आरक्ष तथा निकुञ्जभित्र होटल तथा रेस्टुरेन्ट खोल्न पाउने गरी पर्यटन विधेयक तयार भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘पर्यटन विधेयक २०७६’ को उपदफा ४ मा ‘वन तथा वातावरण मन्त्रालय वा सम्बन्धित निकायको सहमति लिई राष्ट्रिय निकुन्ज, आरक्ष, संरक्षित क्षेत्रभित्र विशेष पर्या–पर्यटकीय होटल, रिसोर्ट तथा रेष्टुराँ सञ्चालन गर्न मन्त्रालयले तोकिए बमोजिम अनुमति लिनुपर्ने’ उल्लेख गरिएको छ।

विधेयकले तीन तारे भन्दा तलको होटल प्रदेशमा दर्ता गर्नुपर्ने व्यवस्था पनि गरेको छ। विधेयकको परिच्छेद २ ‘होटल, रिसोर्ट तथा रेष्टुराँ सम्बन्धी व्यवस्थाको दफा ३ मा उक्त कुरा उल्लेख गरिएको हो।

विधेयकको दफा ३ को उपदफा २ मा ‘यस ऐन र यस ऐन अन्तर्गत मन्त्रालयले तोकेको शर्त एवम् मापदण्ड अनुरुप हुने गरी तीनतारा सम्मको होटल एवम् रिसोर्ट तथा रेष्टुराँको अनुमति तथा नविकरण सम्बन्धित प्रदेश कानून बमोजिम हुने छ’ उल्लेख गरिएको छ। उपदफा ३ मा चार तारा र सो भन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टको अनुमति नविकरण तथा शुल्क सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।

होटल, रिसोर्ट तथा रेष्टुराँ सम्बन्धी व्यवस्थाको दफा ४ मा स्तर निर्धारण तथा वर्गीकरण सम्बन्धी व्यवस्था गरेको छ। निर्धारण तथा मापदण्डको लागि समिति रहने व्यवस्था गरेको छ। दफा ७ मा मूल्यसूची प्रकाशित गर्नुपर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .