ad ad

राजनीति


अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ११:९,

अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना वरिष्ठ कमान्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका छन्।

इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उनले भनेका छन्, ‘यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण हो।’ उनले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा बताएको समाचारमा जनाइएको छ।

यस अमेरिकी हवाई आक्रमणमा परी इराकका अर्धसैनिक बलका उप प्रमुख प्रमुख अबु महदी अल मुहान्दिस र इरानका एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको समाचार यसअछि नै आएको थियो।

कार्यवाहक प्रधानमन्त्री महदीले यस हावाई कारबाहीले इराकी भूमिमा अमेरिकी सेनाको उपस्थितिलाई आपत्तिजनक भएको पनि बताएका छन्।

अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टि गरेको थियो। रासस÷एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .