नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको हो।
परिसंघ महिला नेतृत्व मञ्चकी सभापति छायाँ शर्माले सम्मेलनमा नेतृत्वमा महिला,अर्ततन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टै छलफल गरिने बताइन्।
उनले सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र जर्मनीलगायत मुलुकका राजनीति,आर्थिक सामाजिक व्यक्तिहरुको सहभागिता रहने बताइन्।
सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याएका दुई जना महिलालाई सम्मान गर्ने भएको छ। त्यस्तै, उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी हुनेछ।
Shares

प्रतिक्रिया