प्रधानमन्त्री पुष्पकमल दाहालले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन्।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्।
प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिन सरकारलाई समर्थन दिएका सबै दलसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे।
उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको बताउँदै अब आरामले सरकारले काम गर्ने दाबीसमेत गरे।
‘विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। जोजो दलहरुसँग हाम्रो गठबन्धन छ, सहमति भएको छ। सबैसँग बसेर २/४ दिनभित्रै टुंग्याएर काम गर्ने विचार छ', उनले भने, 'भारत भमणको टुंगो छैन। सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्छ। जति भयो त्यो पर्याप्त छ। अब आरामसँग सरकार चल्छ। अब विकास, निर्माणले गति लिन्छ।’
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताएका छन्।
Shares

प्रतिक्रिया