ad ad

समाज


नुवाकोटको ककनीमा टिपर दुर्घटना, एकको मृत्यु

नुवाकोटको ककनीमा टिपर दुर्घटना, एकको मृत्यु

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ६:५४,

नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुंगामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दुर्घटना भएको हो।

सो दुर्घटनामा टिपरका चालक बेलकोटगढी नपा–१३ बाराहीका २२ वर्षीय अजय लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। टिपर सडकदेखि ५०० मिटर तल पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .