कारोबार


टेलिकमले भन्यो– कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढ्यो

टेलिकमले भन्यो– कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढ्यो

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १७:५२, काठमाडौँ

नेपाल टेलिकमले आफ्ना उपकरण र संरचनामा क्षति पुर्‍याई सेवा प्रवाहमा अवरोध गर्ने काम भएको गुनासो गरेको छ। 

कम्पनीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पु¥याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको भन्दै दुःख व्यक्त गरेको हो।

उसले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको छ। 

‘कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि ती उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहनु आवश्यक हुन्छ’, टेलिकमले भनेको छ, ‘तर पछिल्लो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको छ। यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ।’ 

यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुने गरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पु¥याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्न नेपाल टेलिकमले अनुरोध समेत गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad