नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमा गठबन्धनलाई रावणको संज्ञा दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन्।
उनले १० वटा टाउका रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणकै रुपमा चित्रित गरे।
उनले १० दलीय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर विध्वंस मच्चिने दाबी गरे। ओलीले सत्ता गठबन्धनप्रति इंगित गर्दै अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकार चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्थालाई वर्तमान गठबन्धनले बेवास्ता गरेको बताए।
‘अहिले एउटा षड्यन्त्र के हुन खोजेको छ भने संविधानको अक्षरमा अस्पष्टता होला, लेखाइमा स्पष्टता नहुनेगरी रहेको हुनसक्छ, सभामुख वा उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति मध्ये एउटा महिला हुनुपर्छ, संविधानको भावना त्यही हो', उनले भने, 'यसको अपव्याख्या गर्ने ठाउँ हुनसक्छ तर त्यसको अपव्याख्या नगरी संविधानको कार्यान्वयन गर्नुपर्छ। अहिले १० दलीय गठबन्धनका नेताहरु संविधानको त्यो मर्मलाई मिच्न, महिला उत्थानलाई रोक्न, महिलाको अधिकार खोस्न, निर्वाचन आयोग त प्रयोग गरिसके, अरु संस्था पनि प्रयोग गर्न सक्छन्। संविधानको मर्मको व्याख्या यो प्रश्न वास्तवमा सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्नुपर्ने संविधानको व्याख्या सम्बन्धी प्रश्न हो यो।'
उनले १० दलीय गठबन्धनप्रति आफ्नो आक्रोश पटक पटक पोखे। '१० दलीय गठबन्धनका जब १० टाउको एक ठाउँ
हुन्छ त्यो भयंकर विद्रु्प हुन्छ। १० वटा टाउको एकै ठाउँमा रावणको थियो, १० वटा टाउको एकै ठाउँमा भएपछि त रावण हुन्छ। १० टाउके रावण, अहिलेको रावण पनि फेरि महिलाका हक अधिकार हरण गर्न लागेको देखिन्छ', उनले भने, 'स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकार चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिए, मर्मविपरीत हरण गरिए। यसपटक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य संवैधानिक व्यवस्था छ। संविधानले विभेदकारी रुपमा चल्नुपर्छ।'
प्रतिक्रिया