कारोबार


विश्व पर्यटन संकट व्यवस्थापन कार्यालय नेपालमा

विश्व पर्यटन संकट व्यवस्थापन कार्यालय नेपालमा

नेपालखबर
पुस १७, २०७६ बिहिबार ११:५२,

अन्तर्राष्ट्रियस्तरमा पर्यटकलाई पर्ने समस्या समाधान गर्ने गरी ‘ग्लोबल टुरिजम रिजिलेन्स एण्ड क्राईसिस म्यानेजमेन्ट सेन्टर’ नेपालमा बनाउने समझदारी भएको छ। सेन्टरका अध्यक्ष जमैकाका पर्यटनमन्त्री एडमन्ड ब्राटलटले नेपालमा सेन्टरको स्थापना गर्ने घोषणा गरेका हुन्।

एशिया प्यासिफिक क्षेत्रको केन्द्र नेपाल भएकाले म्यानेजमेन्ट सेन्टर नेपालमा बनाउने बताएको संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जानकारी दिएको छ।
नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहमा आएका ब्राटलट नेपालमै रहेका छन्।

नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले आज पुनःनिर्माण प्राधिकरण, त्रिवि उपकुलपति लगाएतसँगको छलफलमा आगामी अप्रिलमा हुने सगरमाथा संवादको अवसर पारेर नेपालमा रिजिलेन्स एण्ड क्राईसिस म्यानेजमेन्ट सेन्टर स्थापना गर्ने समझदारी भएको बताएका छन्। उनका उनुसार नेपाल उक्त सेन्टरको सदस्य नभएपनि कार्यक्रममा भने सहभागिता जनाएको थियो।

नेपालमा स्थापना हुने सेन्टरको मोडालिटी भने उनीहरुले भनेकै आधारमा हुने जोशीले बताए।

के हो ग्लोबल टुरिजम रिजिलेन्स एण्ड क्रााईसिस म्यानेजमेन्ट सेन्टर?

हाल ग्लोबल टुरिजम रिजिलेन्स एण्ड क्राईसिस म्यानेजमेन्ट सेन्टर जमैकामा रहेको छ। जसले पर्यटक लक्षित मौषम सम्बन्धी पूर्वानुमान, जोखीम व्यवस्थापना र विभिन्न घटनाको मुल्यांकन गर्ने काम गर्छ।

जसमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, माहामारी, साईवर क्राईम, साईवर सेक्युरिटी, आतंकवाद, युद्ध सम्बन्धी विषयमा पर्यटकलाई गाईडलाईन दिने काम गर्छ। माथि उल्लिखत विषयको कारण पर्यटक समस्यामा परे उद्दारको लागि प्रकिया अवलम्बन गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad