समाज


अस्ट्रेलियामा भीषण डढेलो, न्यु साउथ वेल्समा एकहप्ता संकटकाल घोषणा

अस्ट्रेलियामा भीषण डढेलो, न्यु साउथ वेल्समा एकहप्ता संकटकाल घोषणा

नेपालखबर
पुस १७, २०७६ बिहिबार १२:४,

झाडीमा लागेको आगलागीले सबैभन्दा बढी क्षति पुगेको स्थान न्यू साउथ वेल्स हो।

आगलागीको खतरा मध्यनजर गर्दै न्यु साउथ वेल्समा बिहीबार एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ।

डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल गरेको त्यहाँको सरकारले बताएको छ।

प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको खतरा अझै बढाउने बताइएको छ।

सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८ जनाको ज्यान लिइसकेको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा १,२०० घर खरानी भएका छन्।

Related image

यो हप्ता मात्रै कम्तीमा १७ जना मानिसहरू हराइरहेका छन्।

अस्ट्रेलियामा डढेलोका कारण हजारौँ मानिस भागेर समुद्री तटमा बसिररहेका छन्।

त्यहाँ सबैजसो राज्यको तापक्रम ४० डिग्री पुगेको छ। आकाश पुरै रातो देखिएका छन्।

हजारौँ मानिस न्यू साउथ वेल्सका खतरा मानिएका शहरबाट निस्किएका छन् र ती शहरमा अत्यावश्यक सामान कम हुँदै गएको छ।

मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई अहिलेसम्मकै सबैभन्दा ठूलो स्थानान्तरण भनिएको छ। बीबीसी

Image result for australia fire 2019 city

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad