राजनीति


नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, सभामुख चयनबारे छलफल हुँदै

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, सभामुख चयनबारे छलफल हुँदै

नेपालखबर
पुस १७, २०७६ बिहिबार ११:४४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी रहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सभामुख चयनबारे छलफल भइरहेको सचिवालयका एक सदस्यले जानकारी दिए।

तीन महिनादेखि रिक्त रहेको सभामुख पदमा सुवास नेम्वाङ र अग्नी सापकोटामध्ये कसलाई पठाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति जुट्न सकेको छैन। आजको सचिवालय बैठकले त्यसबारेमा निर्णय गर्न बताइएको छ।

आजै बिहान चितवनको रत्ननगरकमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सचिवालय बैठकबाट सभामुखबारे निर्णय गर्ने बताएका थिए। उनी चितवनको कार्यक्रम सकाएर आएपछि सचिवालय बैठक सुरु भएको हो।

वरिष्ठ नेता झलनाथ खनालले नेपालखबरसँग कुरा गर्दै आजको सचिवालय बैठकले सभामुखको टुंगो लगाउने बताएका थिए। उनले सभामुखको टुंगो नलगाउँदा संसद बैठक सूचना टाँसेर स्थगित गर्नुपरेको र त्यसले राम्रो सन्देश नजाने उनको भनाइ थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad