नेपालीले विदेशमा घुम्न गएर १८ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन्।
राष्ट्र बैंकले जारी गरेको ७ महिनाको तथ्यांक अनुसार भ्रमण खर्च ५६.६ प्रतिशतले बढेको हो।
अघिल्लो वर्ष माघ महिनासम्म ३९ अर्ब ९६ करोड रुपैयाँ भ्रमण खर्च रहेकोमा ६२ अर्ब ५७ करोड पुगेको छ।
यसमा अध्ययनकोलागि विदेश जानेले ४३ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्ष शिक्षातर्फ २२ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका थिए।
54
Shares

प्रतिक्रिया