कारोबार


अर्थतन्त्रको बाह्य क्षेत्र सुधारतर्फ, शोधनान्तर स्थिति १३३ अर्ब बचतमा

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारतर्फ, शोधनान्तर स्थिति १३३ अर्ब बचतमा

नेपालखबर
फागुन २८, २०७९ आइतबार १३:६, काठमाडौँ

नेपालको बाह्य क्षेत्रमा सुधार आएको छ।

रेमिट्यान्समा वृद्धि, आयातमा घट्दा घट्दा बाह्य क्षेत्रमा सुधार आई शोधनान्तर स्थिति बचतमा पुगेको हो । 

माघ मसान्तसम्म चालू खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४११ अर्ब ३४ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ।

त्यसैगरी माघ मसान्तसम्म पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले घटेर ५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २९ करोड रहेको थियो।

शोधनान्तर स्थिति १३३ अर्ब २१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad