ई कमर्स कम्पनी अमेजनले जेफ बेजोसलाई संसारकै धनी बनायो। गत वर्ष १० अर्ब डलर सम्पत्ति घट्दा पनि उनी सबैभन्दा धनी व्यक्ति नै रहिरहे।
अब उनको कामलाई एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले चुनौती दिएका भएका छन्।
अम्बानीको रिलायन्स इन्डस्ट्रिजले किराना सामान डेलिभरी व्यवसाय सुरु गरेका छन्। जियोमार्ट नामक यो भेन्चरको अनौपचारिक सुरुवात रिलायन्स रिटेल र रिलायन्स जियोले गरिसकेका छन्।
जियोमार्टले सो सेवा लिन मानिसहरुलाई निम्त्याएको छ।
रिलायन्सको मोबाइल फोन प्रयोगकर्ता छन्, त्यसलाई प्रयोग गरेर यो नयाँ व्यवसायलाई शिखरमा पु¥याउने योजना अम्बानीको छ।
अमेजनका लागि भारतमा जियोमार्ट चुनौती बन्नसक्ने पनि औँल्याइएको छ। यसले करिब ५० हजार प्रकारका खुद्रा सामान आपूर्ति गर्ने जनाएको छ।
भारतमा अनलाइन किराना बजार शिशु अवस्थामै छ। गत वर्ष करिब ८७ करोड डलरको अनलाइन व्यापार भएको अनुमान गरिएको छ।
सन् २०२३ सम्मा यो व्यापार बढेर १५ अर्ब डलर पुग्ने अनुमान विश्लेषकहरुले गरेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया