ad ad

समाज


उपभोक्ता समिति गठन गर्न बसेको बैठकमा झडप, तीन जना घाइते

उपभोक्ता समिति गठन गर्न बसेको बैठकमा झडप, तीन जना घाइते

नेपालखबर
पुस १७, २०७६ बिहिबार ९:६,

नुवाकोटमा सडक निर्माण उपभोक्ता समिति गठनको विषयलाई लिएर भएको झडपमा तीन जना घाइते भएका छन्।

लिखु गाउँपालिका–५ धमिलेबोट दोबाटोबाट छहरेदेखि ककनीसम्म जाने बाटो निर्माणका लागि उपभोक्ता समिति गठन गर्न बसेको विवाद बढेर हात हालाहाल भएको हो।

घाइते मध्ये दुईजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टाउकोमा चोट लागेका लिखु गाउँपालिका–५ धमिलेबोटका २८ वर्षीय निर्भिक पाठकलाई काठमाडौं पठाइएको हो।

सोही ठाउँका २५ वर्षीय परशुराम श्रेष्ठको दाँत झरेको र मुखमा चोट लागेको छ भने विदुर नगरपालिका–४ का ३७ वर्षीय डोलबहादुर मगरको टाउकोमा चोट लागेको छ। उनीहरुको जिल्ला अस्पताल त्रिशुलमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .