ad ad

कारोबार


एनसेलको टावरमा आगजनी

एनसेलको टावरमा आगजनी

नेपालखबर
पुस १६, २०७६ बुधबार ८:४५,

बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ।

सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।

आगजनी कसले ग-यो भन्ने नखुलेको प्रहरी उपरीक्षक खनालको भनाइ छ। स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मंगलबार राति करिब १० बजेका समयमा आगजनी भएको प्रहरीले जनाएको छ। घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए।

आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको बताउँदै उनले टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बिटिएस भने सुरक्षित रहेको जानकारी दिए। कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .