ad ad

कारोबार


सबैभन्दा बढी घरजग्गा कारोबार हुने यी हुन् १० जिल्ला, कहाँ कति?

सबैभन्दा बढी घरजग्गा कारोबार हुने यी हुन् १० जिल्ला, कहाँ कति?

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०७९ आइतबार ७:१४, काठमाडौँ

काठमाडौं उपत्यकाबाहिर सबैभन्दा बढी घरजग्गा कारोबार प्रदेश १ र लुम्बिनीमा हुने गरेका छन्। प्रदेश १ का ३ जिल्ला र लुम्बिनीका ३ जिल्लाको कारोबार अत्यधिक छ। 

प्रदेश १ का झापा, मोरङ र सुनसरीमा कारोबार बढी रहेको छ भने लुम्बिनीका रुपन्देही, दाङ र बाँकेमा बढी कारोबार भइरहेको छ।

काठमाडौं बाहिर बढी कारोबार हुने तराईका जिल्लामा बढी देखिएको छ। पहाडबाट तराईमा बसाइँसराइको प्रभाव यी जिल्लामा परेको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार देशभर २०७९ को माघमा १ लाख १८ हजार घरजग्गा कारोबार भएका छन्।

प्रदेश १ का ३ जिल्लाबाट मात्रै १२ हजार ३०६ वटा कारोबार भएका छन्। लुम्बिनीका ३ जिल्लामा भने १३ हजार ९२१ वटा कारोबार भएका छन्। 

चालू आर्थिक वर्षको सुरुमा सुस्ताएको घरजग्गा कारोबार माघसम्म आउँदा बढ्दै गएको छ। अघिल्ला वर्षको तुलनामा भने अझै कम छ। 

२०७८ को माघमा १ लाख ३२ हजार कारोबार भएका थिए। २०७७ माघमा घरजग्गा कारोबार उच्च रहेको थियो। उक्त समय २ लाख ११ हजार वटा कारोबार भएका थिए।

झापा, मोरङ र सुनसरी उच्च कारोबारी 
झापाका २ वटा कार्यालयबाट ५ हजार ९५९ वटा कारोबार भएको देखिएको छ। जसमा भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट ३ हजार ८६१ कारोबार हुन्छ। 

दमक कार्यालयबाट २ हजार ९८ वटा कारोबार भएको छ। आघिल्लो वर्ष माघमा ७ हजार ११८ वटा कारोबार भएका थिए। २०७७ माघमा झापाबाट १२ हजार ६९२ वटा कारोबार भएका छन्। 

मोरङ
मोरङबाट ६ हजार ९१२ वटा कारोबार भएका छन्। मालपोत कार्यालय बेलबारी मोरङले ३ हजार ८३३, विराटनगर कार्यालयबाट २८ सय ३३ वटा र रङगेली कार्यालयबाट ७०६ वटा कारोबार रहेको छ। अघिल्लो वर्ष ७ हजार ८१८ वटा कारोबार भएका छन्। 

घरजग्गा कारोबार उच्च भएको समयमा १४ हजार १५८ वटा कारोबार भएका छन्। 

सुनसरी 
सुनसरी जिल्लाबाट ४ हजार ८०० वटा कारोबार भएका छन्। भूमिसुधार तथा मालपोत कार्यलय इनरुवा ४ हजार १५, धरानबाट ७८५ कारोबार भएका छन्। 

अघिल्लो वर्ष सुनसरीमा ६ हजार ४७८ वटा कारोबार भएका थिए। ९ हजार ९७८ वटा कारोबार भएका थिए। 

मधेश प्रदेशमा धनुषा 
मधेश प्रदेशमा सबैभन्दा बढी जग्गा कारोबार धनुषामा भएका छन्। माघ महिनामा ३ हजार १७१ वटा कारोबार भएका छन्। 

अघिल्लो वर्ष ३ हजार ६८४ वटा रहेका छन्।  २०७७ मा ५ हजार १८९ वटा कारोबार भएका थिए। धनुषपछि मधेश प्रदेशमा बारा र रौतहटमा बढी कारोबार हुने देखिएको छ। 

बागमती प्रदेशमा चितवन 
चितवनमा ४ वटा कार्यालय मार्फत सेवा हुँदै आएको छ। माघमा ४ हजार ७८९ वटा कारोबार भएका छन्। मालपोत कार्यालय भरतपुबाट २८ सय १७ वटा, माडीबाट २०५, चनौली कार्यालयबाट ८१३ र खैरहनी कार्यालयबाट ९६३ वटा कारोबार भएका छन्। 

अघिल्लो वर्ष ५ हजार ४२५ वटा कारोबार भएका थिए। २०७७ चितवनमा ९ हजार ३० वटा कारोबार भएका छन्। 

गण्डकीको कास्की 
कास्कीमा ४ हजार १९४ घरजग्गा कारोबार भएका छन्। मालपोत कार्यलयमा कास्कीबाट २ हजार ९५३ र लेखनाथको कार्यालयले १२ सय ४१ वटा कारोबार भएका छन्।

कास्कीमा अघिल्लो वर्ष ३ हजार ७६८ वटा कारोबार भएका थिए। २०७७ माघमा ६ हजार ७१७ वटा कारोबार भएका छन्। गण्डकी प्रदेशको राजधानी कास्की रहेको छ। 

लुम्बिनीका ३ जिल्लामा बढी कारोबार 
दाङ

दाङ जिल्लाका ३ वटा कार्यालयबाट ४ हजार ४७३ वटा कारोबार भएका छन्। भूमिसुधार तथा मालापोत कार्यालय घोराहीबाट १७ सय ३५, तुल्सीपुर कार्यालयबाट २ हजार ७ कारोबार र लमही कार्यालयबाट ७३१ वटा कारोबार भएका छन्। 

अघिल्लो वर्ष दाङमा ४ हजार ७७४ वटा कारोबार भएका थिए। २०७७ मा ७ हजार ६१२ वटा कारोबार भएका छन्। 

रुपन्देही
रुपन्देहीका ३ वटा कार्यालयबाट ५ हजार ६४३ वटा कारोबार भएका छन्। बुटवल कार्यालयबाट २७ सय ५०, भैरहवाबाट २४ सय ५२ वटा भएका छन् भने मझगवा कार्यालयबाट ४४१ वटा कारोबार भएका छन्। 

अघिल्लो वर्ष ५ हजार ४५४ वटा कारोबार भएका थिए। २०७७ मा ७ हजार ४०९ वटा कारोबार रहेको छ। 

बाँके
भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज बाँके ३ हजार ८०५ वटा कारोबार भएको छ। अघिल्लो वर्ष ३५ सय ७७ वटा कारोबार भएका थिए। २०७७ मा बाँकेमा ५ हजार ६०६ वटा कारोबार भएका थिए।   

कर्णाली प्रदेशमा सुर्खेत
सुर्खेतबाट २ हजार ३४१ वटा कारोबार भएका छन्। जसमा सदरमुकामबाट १९ सय ३६ र मेहेलकुनाबाट ४०५ वटा कारोबार भएको छ। 

२०७८ मा सुर्खेत कार्यलयबाट १८ सय ५६ वटा कारोबार भएका थिए। सुर्खेतकै मेहेलकुनाबाट ४८४ वटा कारोबार भएका छन्। 

सुदूरपश्चिममा कैलाली 
सुदुरपश्चिमा कैलाली जिल्लामा सबैभन्दा बढी कारोबार भैरहेको छ। कैलालीका २ कार्यालयबाट १ महिनामा ४ हजार ३५ वटा घरजग्गा कारोबार भएका छन्। 

२०७८ माघमा कैलालीमा ३ हजार ४१८ वटा कारोबार भएका थिए। २०७७ मा ६ हजार ५०१ वटा कारोबार भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .