ad ad

कारोबार


लुम्बिनी जनरलको साधारणसभाबाट लाभांश पारित, मर्जरको जिम्मा सञ्चालक समितिलाई

लुम्बिनी जनरलको साधारणसभाबाट लाभांश पारित, मर्जरको जिम्मा सञ्चालक समितिलाई

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १४:४०, काठमाडौँ

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा ११ गते काठमाडौंमा गरिएको छ। 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीहरुलाई कर प्रयोजनको  लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको चुक्ता पुँजीको ६.९९ प्रतिशतले खुद हुन आउने बोनस सेयर वितरण गर्ने र सो बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जनाएको छ। 

त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र यस कम्पनीको सेयर आदान–प्रदान अनुपात १०० : ८० हुने गरी स्वाप रेसियो कायम गर्ने, विस्तृत लेखापरीक्षण (डीडीए) बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. मा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । 

सभाको औपचारिक कार्यक्रम सम्पन्न पश्चात कम्पनीमा १० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरियो ।

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरु, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अवस्था आदिबारे सेयरधनीहरुलाई विस्तृत रुपमा जानकारी गराएका थिए। 

सभामा विभिन्न सेयरधनीहरुले मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लि. सँग हुनलागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .