कारोबार


कामना सेवा र एमएडब्ल्यू भेहिकल्सबीच सम्झौता

कामना सेवा र एमएडब्ल्यू भेहिकल्सबीच सम्झौता

नेपालखबर
पुस १५, २०७६ मंगलबार १०:११,

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रालिबीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अनुसार एमएडब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा फोटोन ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एमएडब्ल्यू भ्रिद्धी कमर्सियल प्रालिको तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad