अरुण काबेली पावर लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार आयोजना गरेको छ।
कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरेको कम्पनीले जनाएको छ। त्यस्तै, जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
कम्पनीले आगामी वर्षदेखि आफ्नो सेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।
त्यसैगरी अध्यक्ष न्यौपानेले कम्पनीले निकट भविश्यमा जलविद्युत लगानीसम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने साधारणसभामा जानकारी दिए।
कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि–१ जलविद्युत आयोजना २५ मेगावाट सम्पन्न भई २०७६ असोज १६ गते परिक्षण उत्पादन र कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको थियो।

प्रतिक्रिया