कारोबार


चालू आवमा १२ खर्ब ४४ अर्बमात्रै राजस्व संकलन हुने, वैदेशिक अनुदान पनि खुम्चियो

चालू आवमा १२ खर्ब ४४ अर्बमात्रै राजस्व संकलन हुने, वैदेशिक अनुदान पनि खुम्चियो

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार १६:७, काठमाडौँ

सरकारले बजेटको आकारसँगै राजस्व संकलनको लक्ष्य पनि परिवर्तन गरेको छ। 

राजस्वतर्फ सुरु अनुमान १४ खर्ब ३ अर्ब १४ करोड रहेकोमा १२ खर्ब ४४ अर्ब ७५ करोड मात्र संकलन हुने संशोधित अनुमान गरिएको हो। जुन सुरु अनुमानको ८८.७१ प्रतिशत हो। 

‘संशोधित गरिएको राजस्वमध्ये सरकारबाट ११ खर्ब १ अर्ब संकलन हुने र १ खर्ब ४३ अर्ब ७५ करोड प्रदेश र स्थानीय तहलाई बाँडफाँट हुने अनुमान छ’, मन्त्री पौडेलले भने। 

वैदेशिक अनुदानतर्फ ५५ अर्ब ४५ करोड सुरु अनुमान गरिएकोमा ३८ अर्ब ४५ करोड परिचालन हुने र वैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब २६ करोड परिचालन हुने सुरु अनुमान गरिएकोमा १ खर्ब ७० अर्ब ५३ करोडमात्र परिचालन हुने उनको भनाइ छ। 

यता आन्तरिक ऋणतर्फ २ खर्ब ५६ अर्बको सुरु अनुमान गरिए पनि २ खर्ब  ४० अर्ब परिचालन हुने सरकारको संशोधित अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .