कारोबार


५५ वर्षपछि पहिलो पटक राजस्व एक चौथाइले घट्यो : अर्थमन्त्री

५५ वर्षपछि पहिलो पटक राजस्व एक चौथाइले घट्यो : अर्थमन्त्री

नेपालखबर
माघ २९, २०७९ आइतबार १६:३, काठमाडौँ

चालु आर्थिक वर्षको ६ महिनामा करिब एक चौथाइले राजस्वमा कमी आएको छ।

अर्थमन्त्री विष्णु पौडेलले अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षको ६ महिनामा २४.८ प्रतिशतले राजश्व कमी आएको बताएका हुन्। 

पुससम्म ६ खर्ब ५१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ खर्ब ९० अर्ब रुपैयाँ मात्रै राजश्व संकलन भएको हो। गत आर्थिक वर्षको तुलनमा १५ प्रतिशतले राजश्व घटेको छ। 

‘राजश्व संकलनमा यस्तो प्रकारको नकरात्मक वृद्धिदर आर्थिक वर्ष २०२४÷०२५ पछि पहिलो पटक हुन पुगेको छ,’ मन्त्री पौडेलले संसदलाई सम्बोधन गर्दै भनेका छन्। 

समीक्षा अवधिमा वैदेशिक अनुदान ७ अर्ब २१ करोड, वैदेशिक ऋण २८ अर्ब ५७ करोड र आन्तरिक ऋण ३० अर्ब परिचालन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .