कारोबार


मौद्रिक समीक्षाको बेवास्तामा परेको सेयरबजारमा भारी गिरावट

मौद्रिक समीक्षाको बेवास्तामा परेको सेयरबजारमा भारी गिरावट

नेपालखबर
माघ २९, २०७९ आइतबार १५:३३, काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयरबजारमा मौद्रिक समीक्षाको प्रभाव देखिएको छ। 

मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले मार्जिन धितो कर्जालगायतलाई सहज पारिदिने आशामा लगानीकर्ता रहे पनि बेवास्ता गरेपछि पहिलो दिन नै ६०.७७ अंकको गिरावट आएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर आइतबार २१२१.८६ विन्दुमा रोकिएको हो। 

आइतबार २५३ कम्पनीको ८१ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ५१ हजार २२६ पटकको खरिदबिक्रीपछि ३ अर्बको कारोबार भएको हो। 

योसँगै ८ कम्पनीको मात्र सेयर बढेको छ भने २०७ कम्पनीको घटेको छ। 

आज लगानीकर्ताले ४.४८ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले ६.६० प्रतिशत गुमाएका छन्। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १४ करोडको सेयर कारोबार भएको हो। 

गिरावटसँगै बजार पुँजीकरण ३० खर्बमा र तरलता १० खर्बमा खुम्चिनपुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad