कारोबार


डीएभी कलेजद्वारा बीबीए र बीबीएसका विद्यार्थी दीक्षित

डीएभी कलेजद्वारा बीबीए र बीबीएसका विद्यार्थी दीक्षित

नेपालखबर
पुस १४, २०७६ सोमबार ११:४८,

सुशील केडिया विश्व भारती उच्च माद्यामिक विद्यालयको दोस्रो दीक्षान्त समारोह शनिबार सम्पन्न भएको छ। आफ्नो कलेजबाट बीबीए र बीबीएस अध्ययन सकेका विद्यार्थीलाई दीक्षित गर्दै कलेजले उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान समेत गरेको हो।

कलेजका अध्यक्ष अनिल केडियाको सभापतित्वमा भएको समारोहमा स्याकार कम्पनीका अध्यक्ष एवं ज्योती ग्रुपका मालिक सौरभ ज्योतीले अध्ययनकालका आफ्ना अनुभव सुनाउँदै विद्यार्थीलाई उत्प्रेरणा दिने मन्तव्य राखेका थिए। उनले नेपालको भविष्य विद्यार्थी र युवाहरुको काँधमा भएको बताउँदै देशमा धेरै कुराहरुको सम्भावना रहेको धारणा राखेका थिए। डीएभी कलेजबाट पढेर दक्ष हुन पाउनु भाग्यको कुरा भएको बताउँदै सौरभ ज्योतीले पढाई मात्र सबैभन्दा महत्वपूर्ण नभएर यो सँगै सीप र व्यवहारिक ज्ञान पनि एकदम महत्वपूर्ण भएको बताए।

आफूले पनि भारतको बैंगलोरमा अध्ययन गरेको घटना सुनाउँदै अध्ययनकालको समयमा आफूले महसुस गरेका कुराहरू विद्यार्थीले बुझ्ने गरेर कथाहरु मार्फत प्रस्तुत गरेका थिए। यस्तै द्वन्दकालको बीचमा नेपालमा केही गर्ने सोचका साथ देश फर्किएको बताउँदै अहिले त देशमा हरेक क्षेत्रमा सम्भावना भएको र त्यति नै चुनौती समेत भएकाले देशमै केही गर्न विद्यार्थीहरुलाई सुझाव दिए।

कलेजका अध्यक्ष केडिया र ज्योती ग्रुपका मालिक सौरभ ज्योतीले पानसमा दियो बालेर उद्घाटन भएको समारोहमा डीएभी कलेजका कार्यक्रम संयोजक रोजिस शाक्यले स्वागत गरेका थिए भने कलेजका प्रोफेसर डा. मनोज कुमार चौधरी र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण्लाल महर्जनले शुभकामना मन्तव्य राखेका थिए।

कलेजका बीबीए तर्फका ६४ र बीबीएस तर्फका ३९ जना गरी १०३ जना विद्यार्थी दीक्षित भएका थिए। उक्त समारोहकै क्रममा कलेज टपर हुन सफल बीबीए तर्फकी विद्यार्थी प्रिया सुनुवारलाई गोल्ड मेडल र बीबीएस तर्फकी विद्यार्थी कल्यानी कुँवरलाई शैक्षिक उत्कृष्टता अवार्डले सम्मान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .