ad ad

कारोबार


त्रिभुवन विमानस्थल : ५०० नयाँ ट्रली थपिँदै,  हरेक आधा घण्टामा शौचालय अनुगमन हुने

त्रिभुवन विमानस्थल : ५०० नयाँ ट्रली थपिँदै,  हरेक आधा घण्टामा शौचालय अनुगमन हुने

नेपालखबर
माघ २६, २०७९ बिहिबार ११:२७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ५०० नयाँ ट्रली खरिद गर्ने भएको छ। यात्रुको सुविधाका लागि थप ट्रली खरिद प्रक्रिया अघि बढाएको हो। 

हाल सञ्चालनमा रहेका ट्रलीलाई मर्मत गर्न बोलपत्र आह्वान गरिसकेको छ। 

१५ सय चक्कालगायत पार्टस् खरिदका लागि पनि बोलपत्र आह्वान गरिएको छ। बिग्रिएका ट्रलीका चक्का मर्मतसमेत भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पाँचसय ट्रलीको मूल्यंकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन्। 
 
विमानस्थलमा क्रमिक सुधारका विषयमा तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका थिए। उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताएका छन्। 

उनले भने, ‘यो नै पूर्ण सुधार होइन। तर, क्रमिक सुधार भएको छ। यसबाट म आंशिक सन्तुष्ट छु। २४सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ।’

एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिएको छ।  गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याएको छ। कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ। 

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरले विमानस्थललाई थप सफा र व्यवस्थित गर्न थालिएको बताएका छन्। उनले शौचालय अनुगमनका लागि डेडिकेटेड कर्मचारी नै तोकिएको जानकारी दिए। 

विमानस्थल व्यवस्थित हुँदा आफूलाई नभएर  सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीले बताएका छन्। सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनले बताए। 

उनले भने, ‘यहाँ भएका सुधारहरु मेरा लागि होइन। तपाईंहरुको मिहिनेत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ।’

उनले सुरक्षा जाँचका लागि स्क्यानरको व्यवस्था गर्न विमानस्थल व्यवस्थापनलाई सुझावसमेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .