ad ad

कारोबार


सुनको मूल्य आकाशियो, तोलाकै १ लाख ७ हजार ५ सय रुपैयाँ

सुनको मूल्य आकाशियो, तोलाकै १ लाख ७ हजार ५ सय रुपैयाँ

नेपालखबर
माघ १९, २०७९ बिहिबार ११:४९, काठमाडौँ

सुनको मूल्य आकाशिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १२ सय रुपैयाँले बढेको हो। 

यसअनुसार छापावाल सुन १ लाख ७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको छ। 

आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। प्रतितोला चाँदी २५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको हो। 

यसअघि बुधबार छापावाल सुन १ लाख ६ हजार ३ सय, तेजाबी सुन १ लाख ५ हजार ८ सय र चाँदी १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .