ad ad

कारोबार


कारोबारको पहिलो दिन नै ओरालो लाग्यो सेयरबजार

कारोबारको पहिलो दिन नै ओरालो लाग्यो सेयरबजार

नेपालखबर
पुस १३, २०७६ आइतबार १०:६,

साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ४.९९ अंकले ओरालो लागेको छ। करिब ५ अंकले सूचक घटेको दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ९९ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

पहिलो दिन आज कुल १ सय ८१ कम्पनीको कारोबार भएकोमा १५ लाख ५४ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ६ हजार ४ सय ५० पटक खरिदबिक्री हुँदा बजारमा आज ४२ करोडको सेयर कारोबार भएको हो। आज कुल बजार पुँजीकरण १४ खर्ब र तरल बजार पुँजीकरण ५ खर्ब रहेको नेप्सेले जनाएको छ।

कुल १२ समूहको कारोबार भएकामा व्यापार सूचक ४७ अंकले बढेको छ भने जीवन बीमा ८०.७२ अंकले उकालो लागेको छ। त्यस्तै फाइनान्स र अन्यको पनि सूचक उकालो लागेका छन्। बाँकी समूहको कारोबार सूचक ओरालो लागेको नेप्सेले जनाएको छ।

सेयर कारोबारका हिसाबले आज नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ८४ लाखको, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर सेयरको ३ करोड ६६ लाखको, प्राइम कमर्सियल बैंकको २ करोडको, नेपाल बैंकको १ करोड ८६ लाखको, शिवम् सिमेन्टको १ करोड ३८ लाखको, साल्ट ट्रेडिङको १ करोड ३१ लाखको कारोबार भएको छ।

आजको कारोबारबाट धेरै कमाउने कम्पनीमा साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि छ। कम्पनीको सेयर प्रतिकित्ता १ सय ७५ रुपैयाँले बढेको छ। त्यस्तै, माउन्टेन हाइड्रो, नेपाल फाइनान्स, कन्चन डेभलपमेन्ट बैंक, सृजना फाइनान्सलगायतका कम्पनीले केही आम्दानी गरेका छन्।

घाटा व्यहोर्नेमा भने आज प्रोग्रेसिभ फाइनान्स अगाडि छ। कम्पनीको सेयर प्रतिकित्ता ६.६७ प्रतिशतले घट्दा सेयरधनीले ७ रुपैयाँ गुमाएका छन्। त्यस्तै, कृषि विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, ओरियन्टल होटल्स, नेपाल सेवा लघुवित्त लगायतका संस्थाको सेयर पनि आज ओरालो लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .