ad ad

समाज


तान्जनियामा विश्वकै सबैभन्दा वृद्ध गैँडाको मृत्यु

तान्जनियामा विश्वकै सबैभन्दा वृद्ध गैँडाको मृत्यु

नेपालखबर
पुस १३, २०७६ आइतबार ९:५४,

५७ वर्षको उमेरमा विश्वकै सबैभन्दा वृद्ध गैँडाको मृत्यु भएको बीबीसीले जनाएको छ।

इस्टर्न ब्ल्याक राइनो भनेर चिनिने यस पोथी गैँडा सन् १९६५ मा तीन वर्षको उमेरमा ङगोरोङगोरो क्षेत्रमा देखिएको थियो।

अधिकारीहरुका अनुसार उक्त क्षेत्रमा यस गैँडा ५४ वर्षसम्म घुमफिर गर्दै बसेको थियो।

फाउस्टा

वृद्धावस्थाका कारण केही वर्षदेखि यस गैँडालाई विशेषज्ञको रेखदेखसहित एउटा प्राकृतिक आरक्षस्थलमा राखिएको थियो।

फाउस्टा नाम दिइएको यस गैँडाले कहिल्यै बच्चा नजन्माएको जनाइएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .