कारोबार


अरुण-३ मा स्थानीयले सुरु गरेको आन्दोलन स्थगित

अरुण-३ मा स्थानीयले सुरु गरेको आन्दोलन स्थगित

नेपालखबर
पुस १३, २०७६ आइतबार ४:३२,

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना क्षेत्रका स्थानीयले मुआब्जा माग गर्दै सुरु गरेको आन्दोलन स्थगित भएको छ।

आयोजनासँग सहमति भएपछि स्थानीय आन्दोलन स्थगित गर्न सहमत भएका हुन्।

बिहीबारदेखि स्थानीयले मुआब्जा माग गर्दै सडक आन्दोलन सुरु गरेका थिए। लगानी बोर्डले तत्काल बैठक राखेर समस्या समाधान गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन गरिएको अरुण तेस्रो प्रवेशमार्ग सरोकार संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले जानकारी दिए।

खाँदबारी-४ को छ्याङकुटीदेखि अरुण-३ को पावारहाउस पुखुवा जाने सडकखण्ड क्षेत्रका स्थानीयले मुआब्जा पाएका छैनन्।

उनीहरुले मुआब्जा माग गर्दै त्यस क्षेत्रमा अनिश्चितकालिन बन्द गरेका थिए । छ्याङकुटी-पुखुवा सडकखण्ड २८.५ किमिमध्ये २४.५ किमि सडकखण्डका २०० घरपरिवारले मुआब्जा नपाएको गुनासो गरेका छन्।

जग्गा ३० मिटर काटिएको तर मुआब्जा १५ मिटरको मात्रै दिइएकोले आन्दोलन गर्नुपरेको अध्यक्ष राईले बताए।

आयोजनाले ०७३ मा स्थानीय किसानलाई प्रतिरोपनी ८ देखि १२ लाख रुपैयाँसम्म मुआब्जा बाँडेको थियो । ०७४ मा प्रतिरोपनी पाँच लाखका दरले मुआब्जा दिन खोजेपछि स्थानीयले आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad