ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकको मुख्य एजेन्डा नै खराब कर्जा व्यवस्थापन गर्ने हो : सीईओ श्रेष्ठ

राष्ट्रिय वाणिज्य बैंकको मुख्य एजेन्डा नै खराब कर्जा व्यवस्थापन गर्ने हो : सीईओ श्रेष्ठ

नेपालखबर
माघ १०, २०७९ मंगलबार १५:५६, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले  खराब कर्जा व्यवस्थापन गर्ने बैंकको मुख्य एजेन्डा रहेको बताएका छ्न्। 

बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन्। 

चालू आवको दोस्रो त्रैमासिकमा खराब कर्जा घटाउन बैंक सफल भएको छ। पुस मसान्तसम्म बैंकको खराब कर्जा घटेर २.७९ प्रतिशतमा झरेको छ। 

साथै बैंकले घोषण गरेको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति पाएको  श्रेष्ठले बताए। 

बैंकले गत वर्षको मुनाफाबाट १२.५ प्रतिशत लाभांश घोषणा गरेको थियो। सो लाभांश वितरण गर्न राष्ट्र बैंकले अनुमति दिएको हो । 

बैंकले वार्षिकोत्सव समारोहमा डिजिटल सञ्चार नामक एप लन्च गरेको छ। 

साथै बैकले पुँजी वृद्धि योजनाअनुरुप अर्थ मन्त्रालयबाट ३ अर्ब थपेर पुँजी १५ अर्ब ६३ करोड पुर्याएको छ। 

उनले अन्य बैंक मर्ज भएर ठूलो भइरहेको अवस्थामा यस बैंकले आन्तरिक छलफल गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .