कारोबार


फेवा किनारामा सडक महोत्सव सुरु

फेवा किनारामा सडक महोत्सव सुरु

वाशुदेव मिश्र
पुस १२, २०७६ शनिबार १३:१७,

पोखरा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव सुरु भएको छ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको यो महोत्सवको २१ औँ संस्करण हो। रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखरा महोत्सवको आयोजक हो।

पोखराका स्थापित पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले अंग्रेजी नयाँ वर्षमा भारतको गोवामा उर्लेको पर्यटकको भीड देखेर पोखरामा महोत्सवको कल्पना गरेका थिए। सडकमै खाने, सडकमै नाच्ने र सडकमै रमाउने गरी सुरु गरिएको यो महोत्सव अहिले भने नेपालको सबैभन्दा स्थापित ‘ब्रान्ड’ बन्न पुगेको छ। र, महोत्सव सुरु भएसँगै लेकसाइडको ३ किलोमिटर क्षेत्र रंगिचंगी बनेको छ।

सडकमै संसारभरका खाना पाक्नु यो महोत्सवको अर्को विशेषता हो। महोत्सवमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि समावेश गरिएको छ। महोत्वसका संयोजक लक्ष्मण बरालले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा ल्याउन सफल भएको बताए।

सडक महोत्सवको अवसरमा आयोजित झाँकी ¥यालीमा पुन समाज पोखरा पहिलो भएको छ। पुन समाजले पहिलो हुँदै नगद ४० हजार र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरि चिउली पार्चे तमु समाज दोस्रो, पाल एवम नाग्ग्याल आधारभूत गुम्बा विद्यालय तेस्रो र फेवा डुंंगा व्यवसायी संघले सान्त्वना पुरस्कार प्राप्त गरे। दोस्रो, तेस्रो र सान्तोनाले हुनेल क्रमशः ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन्।

सडक महोत्सवको अवसरमा कोमागाने पार्कमा दिउँसो लोकदोहोरी र हास्य कलाकारले मनोरञ्जन दिने छन् भने साँझ लाइभ कन्सर्ट हुनेछ। आइतबार लोकदोहोरीतर्फ देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षेत्री, बद्री पगेनी, जीवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजालको प्रस्तुति रहनेछ। त्यसैगरि हास्य कलाकार सापट् र भटभटेले मनोरञ्जन प्रदान गर्नेछन्। साझँदेखि लाइभ कन्र्सट सुरु हुनेछ। आइतबार लाइभ कन्सर्ट तर्फ अभय एन्ड द स्टिम इन्जिनको प्रस्तुति रहनेछ।

महोत्सवको उद्घाटन गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले पोखरालाई आन्तिरक विमानस्थलको हव बनाउने बताएका छन्। उनले पोखरा विमानस्थललाई आन्तिरक विमानस्थलको हवको रुपमा समेत विकास गर्ने खोजेको बताए। उनले त्यसका लागि छिटै नै नेपालका विभिन्न ठाउँबाट पोखरामा हवाई सञ्जाल जोड्ने बताए। भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज पोखरा विमान उडाउने बताए। उनले पोखरामा पर्यटकीय पुर्वाधारहरु थप्दै जानुपर्ने बताए। मन्त्री भट्टराईले पर्यटन विकासका लागि पोखरालाई चौविसै घण्टा खुल्नुपर्ने र त्यसको सुरक्षाको ज्ञारेण्टी सरकारले लिने प्रतिबद्धता जनाए।

उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा सडक महोत्सवले पोखराका ब्राण्डिङमा ठूलो मद्दत गरेको बताए।

कार्यक्रमा गण्डकी प्रदेशका सांसद राजिव पहारीले रत्नमन्दिर जनवरी १ तारिकमा नभई माघ १ गतेबाट सञ्चालन आउने बताए। उनले रत्नमन्दिरको भौतिक पूर्वाधार विकासका लागि सांसदकोषबाट २५ लाख रुपैया आँफुले छुट्टाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .