बुद्ध एयरका प्रबन्धनिर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाइ उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन्।
आइतबार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक बस्नेतले हवाइ यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतिको सामना गर्नेगरी काम गरिरहेको बताएका हुन्।
उनले नेपालको निजी हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसावले सुरक्षित रहेको बताए। उनले बुद्ध एयर मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शीता राख्ने भएको बताए।
उनले बुद्ध एयरले गत माघ १ गते भएको हवाइ दुर्घटनापछि हवाइ उडानलाई थप सुरक्षित बनाउनको लागि विमान मर्मतलगायतका विषयमा थप कडाइका साथ काम थालनी गरेको बताए। उनले नेपालमा पछिल्लो समय भइरहेका हवाइ दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको बताए।
बस्नेतले बुद्ध एयरले कुनैपनि प्राविधिक तथा अन्य सूचनाहरु लुकाउने नगरको बताए। उनले हवाइ उडान, उडानको प्राविधि पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाइ उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताए। उनले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको बताए।
बुद्ध एयरले हवाइ दुर्घटना बढ्दै जाँदा विमानहरु धेरै वर्ष पुराना विमानहरु नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै बाहिर आवाज उठेको छ। तर अन्तर्क्रिया कार्यक्रम जानकारहरुले विमानहरु पुराना नहुने बताएका छन्।
उनीहरुले विमानहरु मर्मतसम्भार र पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाइ उडान गर्नुपर्ने बताएका छन्। बुद्ध एयरले अन्तरक्रियामार्फत बुद्ध एयरले हवाइ उडानलाई सुरक्षित बनाउनको लागि विमान मर्मत र पार्टपुर्जाको लागि अर्बौं लगानी गरेको बताएको छ।
प्रतिक्रिया