ad ad

राजनीति


माओवादीले बोलायो स्थायी समिति बैठक

माओवादीले बोलायो स्थायी समिति बैठक

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०७९ आइतबार १७:४, काठमाडौँ

प्रमुख सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक डाकेको छ। माओवादीले यही माघ १२ गते पेरिसडाँडामा बस्ने गरी स्थायी समिति बैठक तय गरेको हो।


यो बैठकमा यही माघ अन्तिम साता हुन लागेको राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन तथा पार्टी संगठन र भावी कार्य योजना मुख्य एजेन्डा रहेका एक नेताले बताए। 

त्यसैगरी यो बैठकमाा पछिल्लो राजनीतिक अवस्था, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको भूमिका, नेपाल समाजवादी पार्टीसँग एकतासहितका विषयमा पनि छलफल हुने भएको छ। 

स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका विषय पनि तय गर्ने बताइएको । माओवादीले केन्द्रीय समिति राख्ने तयारी गरेको छ। तर कहिले बस्ने भन्ने मिति अझै तय भएको छैन। 

माओवादीले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय समिति बैठकमै छलफल हुन सक्ने बताइएको छ। त्यहाँ पनि राष्ट्रपति निर्वाचनबारे कुरा हुने बताइएको छ। राष्ट्रपतिमा अध्यक्ष प्रचण्डले कांग्रेससहितको सहमति खोज्ने बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .